ज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउन सफल

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०७ पटक पढिएको

 

लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।  मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउन सफल भएको हो ।

नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३, २५–१४ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । नेपाले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

जितसँगै नेपाल शीर्षस्थानमा छ । नेपालले चार खेलबाट ११ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको श्रीलङ्काको १० अङ्क छ । उज्वेकिस्तान नौ अङ्कसहित तेस्रो स्थानमा छ । किर्गिस्तानको ६ अङ्क छ भने बङ्गलादेश र माल्दिभ्सले खाता खोल्न सकेको छैन ।

महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा महिलातर्फ एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित