७१.२० अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३८१ पटक पढिएको

 

राष्ट्र बैंकले आयातमा गरेको कडाइपछि लगातार बढिरहेको शेयर बजार आइतबार पनि  ७१.२० अंकले बढेको छ । २.८२ प्रतिशतले बढेको नेप्से परिसूचक २५९१.४२ अंकमा पुगेको हो ।

उच्च अंकको वृद्धिसँगै २९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १५३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीकाे मूल्य स्थिर रहेको छ ।

दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित