अफगानिस्तानको निर्वाचन आयोग विघटन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४७ पटक पढिएको

 

निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । पश्चिमी समर्थित प्रशासनको समयमा चुनाव गरेको अघिल्लो प्यानललाई नराख्ने निर्णय गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

‘आयाेगकाे अस्थित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरूलाई व्यूँउताउन आवश्यक छ । ’

तालिवानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।’उनीहरूले हतारमा यो निर्णय लिएका हुन् र आयोग विघटनले ठूलो परिणाम चुकाउनुपर्ने छ,’  प्यानलको नेतृत्व गरिरहेका औरंगजेबले समाचार संस्था एएफपीलाई बताएका छन् । संरचनानै रहेन भने अब कुनै चुनाव हुदैन र अफगानिस्तानको समस्या कहिल्यै समाधान नहुने उनको भनाई छ । 

तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि निर्वाचन आयोगका धेरै अधिकारीहरूलाई पनि मारेका समाचारहरु भेटिन्छन् । पश्चिमा शक्तिहरूले घुँडा टेकेपछि यही १५ अगस्टमा तालिवान सत्तामा पुगेको थियो । तालिवानको सत्तारोहणसँगै महिलाहरूका विभिन्न हक अधिकार कटौती भएका छन् । 

देशमा स्वतन्त्र र निस्क्ष निर्वाचन गर्ने उदेश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो । आयोगको वेबसाइट अनुसार राष्ट्रपति लगायत सबै प्रकारका चुनावहरू प्रशासन र पर्यवेक्षण गर्ने जिम्मेवारी दिइएको थियो । तस्बिर : एएफपी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित