म्यानमारमा ३० जनाको जलेको शव फेला
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८८ पटक पढिएको

म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको विवरण सार्वजनिक भएकाे छ । बेलायतमा रहेको मानव मानवअधिकारवादीले सेनाले गरेको भनिएको आक्रमणपछि ३० जनाभन्दा बढीको शव भेटिएको जनाएको हो ।
म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मृत्यु हुनेहरूमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारवादी समूहले जनाएका छन् ।
सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरूलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
जलाइएको शव आफ्ना कार्यकर्ताहरूको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ । त्यस्तै मानवअधिकारवादीहरुले आफ्नो २ जना कर्मचारीहरु पनि बेपत्ता भएका बताएका छन् । तस्बिर : एपी