क्रिसमस सप्ताहन्तमा ६ हजार भन्दा बढी उडानहरु रद्द
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४१ पटक पढिएको
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले संसारभरका मानिसहरुलाई त्रशित बनाईरहेका बेला अधिकांशको छुट्टीमा खलल पुर्याएको छ । एक ट्र्याकिङ वेबसाइटका अनुसार, ओमिक्रोनका कारण क्रिसमस सप्ताहन्तमा विश्वभर ६ हजार भन्दा बढी उडानहरू रद्द भएका छन् ।
सप्ताहन्तमा परेको क्रिसमस र नयाँ वर्षमा ६ हजार ३०० अन्तराष्ट्रिय उडानहरु रद्द भए संगै अन्य धेरै उडानहरु प्रभावित भएको छ । फ्ल्याइट अवेर डट कमका अनुसार शनिबार मात्र विश्वभर करिब २,८०० उडानहरू रद्द गरिएको थियो । त्यस्तै शुक्रबार लगभग २४ सय उडान रद्द र ११ हजार उडान प्रभावित भएका छन् ।
समाचार संस्था एएफपीको अनुसार चिनियाँ एयरलाइन्स कम्पनिहरुले सबै भन्दा बढी उडानहरु रद्द गरेका छन् । चाइना ईस्टर्नले शुक्रबार र शनिबार १ हजार भन्दा बढी उडानहरू रद्द गरेको थियो । जुन त्यसको उडान योजनाको २० प्रतिशत भन्दा बढी रहेको बताईएको छ ।
उडानहरु रद्द हुनुले क्रिसमस मनाउनेहरुलाई निकै निराशा बनाएको एएफपीले उल्लेख गरेको छ । अमेरिकन अटोमोबाइल एसोसिएसनको अनुमान अनुसार, १० करोड ९० लाखभन्दा बढी अमेरिकीहरूले विमानबाट यात्रा गर्ने योजना बनाएका थिए । डिसेम्बर २३ र जनवरी २ बीचको रेल वा अटोमोबाइल, गत वर्षको तुलनामा ३४ प्रतिशतले बढेको बताईएको छ ।
तर ती अधिकांश योजनाहरू ओमिक्रोन आउनु भन्दा अगाडीनै बनाईएको बताईएको छ ।