इजरायल माथि इरानले प्रहार गर्यो १६ वटा मिसाइल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १११ पटक पढिएको

 

इरानको अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्स (आईआरजीसी) ले इजरायललाई चेतावनी दिन इरानले १६ वटा मिसाइल प्रहार गरेको छ । इरानले पाँच दिनको सैन्य अभ्यासको अन्त्यमा १६ वटा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेका हुन् । 

सैन्य अभ्यासका क्रममा प्रहार गरिएको मिसाइल पूर्ण रूपमा सफल रहेको स्थानीय सञ्चारमाध्यमले जानेका छन् । साइल प्रहार गरिरहेको दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको अलजजिराले जनाएको छ । त्यहाँको आधिकारिक समाचार एजेन्सीले शुक्रबार बताए अनुसार देशको दक्षिणी भागमा सैन्य अभ्यासको क्रममा प्रहार गरिएका क्षेप्यास्त्रहरूको नाम इमाद, गदर, सेज्जिल, जालजाल, डेजफुल र जोल्फाघर रहेक अल्जजिरा ले उल्लेख गरेको छ । 

मिसाइल प्रहारपछि इरानी सेनाले प्रतिक्रिया दिँदै सो प्रहार यहुदी शासकलाई चेतावनी रहेको बताएको छ । इरानको सशस्त्र बलका प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भने, ‘यी अभ्यासहरू भर्खरै यहुदी शासकले दिएको धम्कीको प्रतिक्रिया स्वरूप हुन्’,। प्रहार गरिएको मिसाइलले कुनै पनि देशलाई तहसनहस पार्न सक्ने उनको भनाई छ । इरानमाथि कसैले आक्रमण गरे त्यसको जवाफ ती मिसाइलले दिने उनले चेतावनी समेत दिएका छन् ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले बुधबार अमेरिकी रक्षा सल्लाहकारलाई भेट्ने क्रममा इरान ‘परमाणु ब्लाकमेल’ मा लागेको आरोप लगाएका थिए । त्यस्तै उनले त्यसबाट प्राप्त भएको राजश्वले इरान इजरायलीविरुद्ध हतियार उत्पादनमा लाग्ने खतरा रहेको बताएका थिए । त्यससँगै इजरायली नेताहरूले इरानमाथि कारबाही गर्न सकिने सङ्केत गरेका थिए ।

सन् २०१५ को इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा इजरायलको विरोधको बीचमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार इजरायली प्रधानमन्त्री बेनेटलाई भेटेका थिए । इजरायली नेताहरूले पनि इरानमाथि हमला गर्ने संकेत गरिरहेका समाचार आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित