चीनमा बच्चा जन्माउने दम्पतीलाइ ३१ हजार अमेरिकी डलर ऋण दिईने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११८ पटक पढिएको

 

चीनको उत्तरपुर्वी प्रान्त जिलिनमा सरकारले बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप ३१ हजार (३७ लाख नेपाल रुपैयाँ बढी) अमेरिकी डलर बेबी लोन(बच्चा ऋण) उपलब्ध गराउने भएको छ । चीनको जनसंख्या ह्वात्तै घटेपछि त्यहाँकोसरकारले बिहीबार सो रणनीति अघि सार्ने जनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुमा उल्लेख छन् । 

त्यहाँको जनसंख्या वृद्धि प्रवर्द्धन गर्ने नीतिहरूको आधिकारिक खाका अनुसार सो रणनीतिमा सन्तान जन्माउने दम्पतीलाई ३१ हजार ४ सय ऋण दिने र सन्तानको संख्याअनुसार ब्याजदरमा समेत हेरफेर गरिने बताइएको छ । 

समाचार अनुसार दुई वा तीन सन्तान भएका दम्पतीले पनि सानो व्यवसाय स्थापना गरेमा कर छुट पाउने छ । सरकारले कसरी सहयोग गर्ने भन्ने बारे कुनै विवरण सार्वजनिक गरेको छैन । तर, प्रस्तावमा ऋणको लागि छुट ब्याज दर समावेश भएको र दम्पतीको बच्चाको संख्या अनुसार फरक हुने ब्लूमबर्ग न्युजले उल्लेख गरेको छ ।

चीनमा जनसंख्या बृद्धि भएपछि सरकारले जनसंख्या घटाउन विभिन्न रणनीति बनाएको थियो तर जनसंख्या घटाउने रणनीतिपश्चात जनसंख्या ह्वात्तै घटेको छ । चीनको जन्मदर विगत केही वर्षहरू एकदमै सुस्त भएको प्रतिवेदनहरु सार्वजनिक भैरहेका छन् ।  तस्बिर : भीसीजी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित