अफगानिस्तानमा खाद्य संकट

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २९१ पटक पढिएको

 

चिसो मौसम सुरु भए सँगै अफगानिस्तानमा अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ । त्यहाँ लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको छ । सहरका अस्पतालहरुले समेत  बिरामीलाई न्यानो बनाउन इन्धनका लागि पैसा अभाव भएपछि रुख काटेर दाउरा बल्न थालेको राष्ट्रसंघले जनाएको छ । यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै राष्ट्रसंघले चेतावनीसमेत दिइएको छ ।

सिएनएनको एक रपोर्टअनुसार अधिकांश बालबालिकाले ठूलो संख्यामा कुपोषणको सामना गरिरहेका छन् । यस्तै उत्तिकै मात्रामा महिलाहरू जोखिमपूर्ण जीवनयापन गरिरहेका छन् । अनिकालको जोखिम कुनै समय ग्रामीण क्षेत्रहरूमा मात्र सीमित थियो । तर अहिले अफगानिस्तानका विकसित र सघन जनसंख्या भएका सहरसम्मै फैलिएपछि त्यसले धेरैलाई चिन्तित सिएनएनले उल्लेख गरेको छ । 

तालिबान शक्तिमा आउनुअघि पनि खडेरी, द्वन्द्व, महामारी र आर्थिक मन्दीका कारण गरिबी, खाद्य असुरक्षा र बेरोजगारी जस्ता समस्या व्याप्त थियो । तर तालिबानले सत्ता कब्जा गरेको तीन महिनापछि यो संकट तीव्र रुपमा गहिरिएको छ । विदेशी विकास तथा दातृ संस्थाहरुले समेत सहयोग गरेको अर्बौँ डलर रकम पनि रोकिएको छ । 

तालिबान नेताहरू भने सबै सहरमा खाद्यान्न प्रसस्त भएको दाबी गर्छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित