भारतमा ओमिक्रोन संक्रमितको संख्या ३ सय पुग्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२५ पटक पढिएको

भारतमा बिहिबार साँझ सम्म ओमिक्रोन संक्रमितको संख्या ३ सय पुगेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा ६५, दिल्लीका ६४  तेलंगनामा ३८, तमिलनाडुमा ३४, कर्नाटकमा ३१ र केरलामा २९ जना संक्रमित देखिएका हुन् । तीमध्ये ३ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६ सय ५० जना कोभिडबाट संक्रमित भएका छन भने ३७४ जनाको मृत्यु भएको जनाइएको छ ।  

डिसेम्बर २ मा पहिलोपटक दिल्लीमा तान्जानियाबाट फर्केका एक ३७ वर्षीयलाई ओमिक्रोन देखिएको थियो । 

यसैबीच, ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि दिल्ली सरकारले क्रिसमस तथा नयाँ वर्षमा मनाइने उत्सवहरूमा रोक लगाईसकेको छ । सरकारले जिल्ला अधिकारीहरूलाई क्रिसमस र नयाँ वर्षमा हुने सम्भावित उत्सवमा रोक लगाउन बुधबार निर्देशन दिएको हो ।

त्यस्तै, बजार तथा सार्वजनिक स्थलमा बिनामास्क प्रवेशमा निषेध गर्न, रेस्टुरेन्टहरूलाई कुल सिट संख्याको आधा क्षमतामा मात्र सञ्चालन गर्नलगायतका नियममा कडाइ गर्न भनिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओमिक्रोनको बढ्दो संख्यालाई लिएर चिन्ता जाहेर गरेका छन् । उनले बिहीबार उच्चस्तरीय अधिकारीहरूसँग भाइरसको फैलावट र यसको नियन्त्रणको तयारीबारे समीक्षा पनि गरेका थिए  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित