भ्रष्टाचार अभियोगमा सजाय पाएकी दक्षिण कोरियाको पूर्वराष्ट्रपतिलाई माफी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३०९ पटक पढिएको
दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिएको छ । राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको स्थानीय संचारमाध्यमले जनाएको छ ।
यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए । यो वर्षमात्रै तिन पटक अस्पताल भर्ना गर्नुपरेपछि कमजोर स्वास्थ्य अवस्थाको कारण उनको कैद सजाय मिनाह गरिएको बताइएको छ ।
महाअभियोग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ ।
उनी माथी पद तथा शक्तिको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको तथा सरकारी कोष अपचलन गरेको आरोप थियो । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले उनी माथी महाअभियोग लगाएको थियो ।
पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो । तस्बिर : रोयटर्स