मन्त्रिपरिषद् बैठकका निर्णय : क्रिसमसमा सार्वजनिक बिदा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८७ पटक पढिएको

सरकारले पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई अध्यक्ष नियुक्त गरेको बताएका छन्  ।

अन्य निर्णयहरु :

पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय ।

१)औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५ (१) बामोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय ।

२)प्रवक्ता कार्कीका अनुसार सरकारले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति गर्ने । 

३)सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्वस्वीकृति दिने । 

४)जिल्लासभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय ।

५)हुलाक वस्तुको महसुल दर पुनरवलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा (ईएमएस)को महसुसल पुनरवलोकन गर्ने निर्णयसमेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित