फ्रान्समा प्रत्येक दिन २७ भन्दा बढी फार्म विस्थापित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५० पटक पढिएको

 

फ्रान्समा १० वर्षयता प्रत्येक दिन २७ भन्दा बढी फार्म विस्थापित हुने गरेका प्रतिवेदन सार्वजनिक भएको छ । २०२० को कृषि जनगणनाका अनुसार आएको ​सो तथ्यांक शुक्रबार फ्रान्सका कृषिमन्त्री जुलियन डेनोरमान्डीले सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार फ्रान्सले सन् २०१० देखि २०२० सम्म करिब एक लाख कृषि फार्म गुमाएको छ । 

पत्रकार सम्मेलनमा कृषिमन्त्री डेनोरमान्डीले पुस्ता परिवर्तनले कृषिमा धेरै अवरोध सिर्जना गर्ने उल्लेख गरे । सुविधा र तलब कम, जलवायु परिवर्तनको परिणाम अनि किसानहरूलाई व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन मिलाउन भएको कठिनाइले किसानको संख्या घट्दै गएको उनको भनाइ छ ।

सन् २०१० मा कृषिमा ६ लाख ४  हजार सक्रिय प्रबन्धक सहकारी थिए भने २०२० मा सो सख्या १८ प्रतिशत घटेर चार लाख ९६ हजारमा झरेको थियो । कृषि कामदारहरूको संख्या भने २०१० मा सात लाख ४० हजारबाट सन् २०२० मा ११ प्रतिशत घटेर सन् ६ लाख ५९ हजारमा आइपुगेको छ ।

त्यस्तै फ्रान्समा गएको एक दशकमा पशुधन र साना फार्ममा समेत गिरावट आएको छ । १० वर्षमा ६४ हजार फार्म घटेका छन । पशुपालनमा विशेषज्ञता भएका फार्मको हिस्सा सन् २०१० मा ५५ बाट सन् २०२० मा ४८ प्रतिशतमा झरेको छ । अर्थात् ३१ प्रतिशत कमी आएको छ ।

फ्रान्समा माइक्रो–फार्महरूको संख्या पनि घटिरहेको छ । यो कमी दूध र मासु उत्पादन गर्ने गाईबस्तु फार्महरूमा अझ उच्च छ । तिनमा ४१ प्रतिशतले कमी आएको तथ्यांक छ । सन् २०१० मा एक लाख ५६ हजार यस्ता फार्म रहेकामा सन् २०२० मा ३१ प्रतिशत घटेर एक लाख आठमा झरेको छ । 

कृषि क्षेत्रमा महिलाहरूलाई आकर्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ । अहिले महिला किसानको संख्या फ्रान्समा जम्मा २७ प्रतिशत छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित