पुस १३ देखि ८ जिल्लामा फाइजर खोप दिइने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६९२ पटक पढिएको
सरकारले आगामी पुस १३ देखि काठमाण्डू उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाण्डू, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने सरकारको तयारि पुरा भएको जनाएका छन् ।
यसका लागि कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४हजार ६५० डोज फाइजर खोप आईसकेको छ ।
यस अघि सरकारले कोभ्याक्स सुविधामार्फत् फाइजर खोपका १ लाख ६२० मात्रा खोप १२ वर्ष माथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।