चन्द्र कामीको समर्थनमा काठमाण्डूमा विरोध प्रदर्शन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २३६ पटक पढिएको

 

जात व्यवस्था उन्मुलन मोर्चाले हुम्लाका चन्द्र कामीले न्याय पाउनुपर्ने भन्दै काठमाण्डूमा प्रदर्शन गरेको छ । मोर्चाले चन्द्र कामीको अपहरणकारीहरु कहाँ छन् ?, लडौ जात व्यवस्थाविरुद्दको फाइनल म्याच, म लास होइन चुप बस्न जिउँदो मान्छे हुँ त्यसैले बोल्छु , चन्द्र कामी र रमिला मल्लको प्रेम अब के हुन्छ ? लगायतका नाराहरु प्रदर्शन गरेका थिए । 

""

अन्तरजातीय विवाह गरेपछि आठ दिन देखि बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्र कामी भने हुम्लाको खार्पुनाथ गाउँपालिकाको याङ्चु बजारमा भेटिएको थियो । सम्पर्कविहीन बनेका कामीलाई प्रहरीले ८ दिनपछि फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षण दानसिंह भण्डारीले जानकारी दिए । उनलाई सदरमुकाम लगिएको बताईएको छ । 

""

उ कहाँ थियो, के गरिरहेको थियो भन्ने बारे प्रहरीले धेरै जानकारी दिएको छैन । उनले मुगुको सोरु गाउँपालिका–४ लिप्रुकी रमिला मल्ललाई भगाएर ल्याएपछि गत मंसिर २९ गते केटी पक्षका आफन्त आएर चन्द्रलाई कुटपिट गरी रमिलालाई खोसेर लगेका थिए ।

""

""

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित