बेलायतमा पहिलोपटक दैनिक कोभिड संक्रमितको संख्या १ लाख नाघ्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२९ पटक पढिएको

बेलायतमा कोभिड-१९ का दैनिक संक्रमितको संख्या पहिलो पटक १ लाख नाघेको छ । बुधबार बेलायतमा कोरोना भाइरसका १ लाख ६ हजार १२२ जना नयाँ संक्रमित थपिए सँगै दैनिक कोरोना संक्रमितको संख्या महामारी सुरु भएयता पहिलो पटक १ लाख नाघेको छ ।
त्यहाँ बुधबार १४० जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा अति संक्रामक ओमिक्रोन भेरियन्ट व्यापक बनेपछि दैनिक संक्रमितको संख्या निरन्तर बढ्न थाले पनि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको संख्या भने स्थिर रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
महामारी सुरु भएदेखि १ लाख ४७ हजार ५७३ जनाको मृत्यु भएको र ११ मिलियन भन्दा बढी सकारात्मक केसहरू भएको बेलायत युरोपको सबैभन्दा बढी प्रभावित मुलुक मध्ये एक हो । बेलायती सरकारले जनतालाई तेस्रो खोप लिन समेत आग्रह गरिरहेको छ । त्यहाँ अहिले अहिलेसम्म ३ करोडभन्दा बढीले बुस्टर खोप लगाईसकेका छन् ।
यसैबीच, बेलायती नियामकहरूले बुधवार फाइजरको कोभिड -१९ खोप ५ देखि ११ वर्षका बालबालिकाको लागि अनुमोदन गरेको छ ।
यस्तै स्कटल्याण्ड र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले कोभिड-१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोनका लक्षण सामान्य रहने देखाएको छ । लण्डनस्थित इम्पेरियल कलेजले गरेको छुट्टै विश्लेषणले पनि म्युटेशनका कारण डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण सामान्य हुने देखिएको छ । तस्बिर : बीबीसी