म्यान्मारको खानीमा पहिरो जाँदा १०० जना भन्दा बढी बेपत्ता
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १३५ पटक पढिएको

म्यान्मारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा १ जनाको मृत्यु भएको छ भने कम्तीमा सय जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार अधिकांश पीडितहरू गैरकानुनी रूपमा खानी उत्खनन कार्यमा संलग्न थिए ।
कचिन राज्यको हापाकान्त क्षेत्रमापहिरोमा परी बिहीबार बेपत्ता भएका दर्जनौं कामदारको बाँच्ने सम्भावना एकदमै कम भएको त्यहाँको अधिकारीले जनाएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार करिब २ सय जना उद्धारकर्ताहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।
‘हामीले २५ जनालाई अस्पताल पठाएका छौं र एक जना मृत फेला परेका छन्,’ उद्धार टोलीका सदस्य को नीले भने । उनले कम्तीमा सय जना हराइरहेको अनुमान गरेका छन् ।
उद्धारकर्ताहरूले हापाकान्तस्थित खानी नजिकैको तालमा हराइरहेकाहरूको अझै पनि खोजी गरिरहेका छन् ।
खानीमा सञ्चालित लरीहरूले खुला खाल्डामा फालेको ढुंगामाटोको ठूलो परिमाण बगेका कारण पहिरो गएको अधिकारीहरूको भनाइ छ ।
हापाकान्त देशको गोप्य जेड उद्योगको केन्द्र हो, जसले प्रायः चीनमा निर्यातको लागि रत्नहरूको खोजीमा देशभरका गरीब कामदारहरूलाई आकर्षित गर्ने गरेको छ । त्यहाँका खानीहरूमा हुने दुर्घटनामा बर्सेनि सयौं मानिसको ज्यान जानेका गरेको छ ।
रोयटर्स समाचार एजेन्सी र खानी हेरचाहकर्ताहरूको अनुमान अनुसार, म्यानमारले मात्र विश्वको ९० प्रतिशत जेड उत्पादन गर्छ । हापाकान्तबाट सैन्य अभिजात वर्ग र जातीय सशस्त्र समूहहरूसँग सम्बन्धित खानी उधोगहरूले वार्षिक अरबौं डलर कमाउँछन् ।
सैन्य सरकारले मार्च २०२२ सम्म उत्खननमा प्रतिबन्ध लगाएको भए पनि, स्थानीय कार्यकर्ताका अनुसार वर्षातको मौसममा सयौं खन्ने कामदारहरू धोखाधडी खुला कास्ट खानीमा सम्भावना देखाउन हपाकान्त फर्केका थिए । तस्बिर : एएफपी