चीनको शीयान सहरमा लकडाउन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३०० पटक पढिएको

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन गरिएको छ । डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको हो । चीनले ग्रीष्मकालीन ओलिम्पिक्सका लागि कोभिड-१९ सर्वाधिक ठूलो चुनौती भएको स्वीकारेको छ ।
समाचार अनुसार बुधवार घोषणा गरिएको लकडाउनमा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउने छन् । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण लाई पनि तिब्र पारिएको बताईएको छ ।
त्यसैगरी शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन् । स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आइसकेको भए पनि कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन । त्यहाँ एक करोड ३० लाखभन्दा बढी मानिस छन् ।
त्यस्तै लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन्, र सहरतर्फ जाने मार्गमा स्वास्थ्य परिक्षण व्यवस्था पनि गरिएको छ । शीयान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित छन् । अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू पनि बन्द छन् र सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।
सरकारी अधिकारीहरुका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरियान्ट फैलिएको बीबीसीले उल्लेख गरेको छ । ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले यो साता शीयानमा दोहोरो प्रकोप फैलिएको जनाएका छन् ।
त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको विवरणहरू पनि आएका छन् । तर त्यसलाई मौसमी फ्ल्यु भनिएको छ । तस्बिर : रोयटर्स