९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि , २ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०८ पटक पढिएको

 

नेपालमा थप एक जनामा ओमिक्राेन पुष्टि भएकाे छ । हालसम्म २ हजार ३८ जना नियमित जीन सिक्वेन्सिङ गरिएकाेमा २२ वटा डेल्टा भेरिएन्ट भेटिएकाेमा त्यसमध्ये एउटा ओमिक्रोन भेरिएन्ट भेटिएकाे हाे ।

स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता काैशल मिश्राले ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएकाे बताएकी हुन् । मन्त्रालयको काेराेनासम्बन्धी प्रेस  ब्रिफिङमा बुधबार प्रवक्ता डा मिश्राले संक्रमित व्यक्ति घरमै आइसाेलेसनमा रहेकाे र उनीसँग सम्पर्कमा आएकाकाे ‘कन्ट्याक्ट ट्रेसि‌ङ’ भइरहेकाे बताएकी छिन् । उनले भनिन्- ‘उनी नियमित मन्त्रालयकाे सम्पर्कमा छन् ।

योसँगै नेपालमा ३ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । मंसिर २० गते मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको जनाएको थियो ।

यसैबीच पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार ३०९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण २  जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ५ हजार १८५ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ । त्यस्तै आज २ लाख ३९ हजार ६६१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित