चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा माथि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०९ पटक पढिएको

 

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । दश वर्षमा करिब तीन प्रतिशतले उनीहरुको आयु बढेको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले मंगलबार जनाएको छ । सन् २०१० मा उनीहरुको औषत आयु ७७.३७ वर्ष रहेको  थियो । 

चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, ‘विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।’

प्रतिवेदन अनुसार अनिवार्य शिक्षामा लिंगको अन्तर पनि समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्नादर सन् २०१५ देखि लगातार ६ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ । जुन केटाहरूको दरसँग मिल्दो छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित