युरोपमा लकडाउनको तयारि

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५१ पटक पढिएको

 

युरोपका कैयौं मुलुकमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी रहेका बेला त्यहाँका सरकारहरुले प्रतिबन्धात्मक नियम पुन: लागू गर्ने घोषणा गरेका छन् । यसैबीच जर्मनी र पोर्चुगलसहितका मुलुकमा क्रिसमसपछि सामाजिक दूरीसहितका नियममा कडाई गरिने घोषणा भइसकेको छ ।

पोर्चुगलले डिसेम्बर २६ देखि बार र नाइट क्लब बन्द गर्न आदेश दिएको छ । जनवरीसम्म घरमै बसेर काम गर्नुपर्ने नियमलाई अनिवार्य बनाइएको छ भने बाहिर हुने जमघटमा १० जनाभन्दा बढी मानिस भेला हुन पाउने छैनन् ।

त्यस्तै जर्मनीले २८ डिसेम्बरपछि व्यक्तिगत जमघटलाई १० जना मानिसमा मात्रै सीमित पार्ने र नाइट क्बल बन्द हुने घोषणा गरेको छ । उक्त मितिदेखि फुटबल प्रतियोगिता बन्द स्थलमा मात्रै गर्न पाइने भएको छ ।

स्विडेनमा पनि बुधबारदेखि बार, क्याफे र रेष्टुरेन्टमा बसिरहेका पाहुनालाई मात्रै सेवा उपलब्ध गराइने भएको छ । सकेसम्म घरमै बसेर काम गर्न भनिएको छ । त्यहाँकी स्वास्थ्यमन्त्री लिना हलेनग्रेनले ओमिक्रोनका संक्रमित फैलिन सक्ने भन्दै स्वास्थ्य सेवामा चाप बढिरहेको बताएकी छिन् ।

नेदरल्याण्डले भने सोमबार नै कडा लकडाउन गर्ने घोषणा गरिसकेको छ । तर अन्य युरोपेली सरकारले क्रिसमस र नयाँ वर्षपछि आवश्यक परेको खण्डमा लडडाउन लगाउन चाहेको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वरिष्ठ अधिकारीले ओमिक्रोनको बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीलाई धरासायी बनाउन सक्ने चेतावनी दिएका छन् । युरोपका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगेले अर्को लहर आउँदै गरेको भन्दै संक्रमण व्यापक बढ्ने र यसका लागि सरकारले तयारी गर्नुपर्ने बताएका छन् । 

डब्ल्यूएचओका अनुसार रूस र टर्की सहित युरोपेली क्षेत्रका ५३ देशहरू मध्ये कम्तिमा ३८ ओमिक्रोन फेला परिसकेको छ । युरोपमा ओमिक्रोन धेरैमा व्यापक भइरहेको बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित