आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नयाँ नीति

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८५ पटक पढिएको

 

नेपाल राष्ट्र बैंकले केही सामानको आयातमा कडाइ गर्ने नीति लिएको छ । राष्ट्र बैंकले आयातमा कडाइ गरेका सामानमा सुनचाँदी, मदिरा तथा भिनेगर, निजी सवारीसाधन (कार र मोटरसाइकल), सुर्ती तथा सुर्तीजन्य पदार्थ, अत्तर, शृङ्गारका सामान, तयारी प्वाँख, सिमेन्ट र फर्निचर छन् ।

सोमवार एक परिपत्र मार्फत राष्ट्र बैंकले कतिपय सामानका आयातकर्ताबाट शत प्रतिशतसम्म ‘क्याश मार्जिन’ लिन ब्याङ्कहरूलाई निर्देशन दिएको छ । क्याश मार्जिन भनेको आयातकर्ताले विदेशी मुद्रामा आयात गर्न लागेको रकम बराबरको स्वदेशी मुद्रा देशको बैंकमा जम्मा गर्नु हो ।

उद्योगहरूको हकमा भने आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्ने कच्चा पदार्थमा त्यो लागु नहुने बताईएको छ । बैंकका अधिकारीहरूले यो कदमलाई कडाइभन्दा पनि आयातमा गरिएको "व्यवस्थापन" भएको बताईरहेका छन् ।

राष्ट्र ब्याङ्कको पछिल्लो चौमासिक प्रतिवेदनअनुसार रेमिट्यान्स अर्थात्‌ विप्रेषण आप्रवाह घट्दो क्रममा देखिएको थियो । त्यसले गर्दा सोधनान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा केही चाप परेकोले उक्त चापलाई व्यवस्थापन गर्नका निम्ति बैंकहरूलाई पछिल्लो परिपत्र गरिएको बताईएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित