नाराबाजीका बीच २ वटा अध्यादेश पारित
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३५ पटक पढिएको
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका कारण प्रतिनिधसभा बैठकलाई सभामुख अग्नि प्रसाद सापकोटोले पुष ७ गते सम्मका लागि स्थगित गरेको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए ।
बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गरेका थिए ।
सभामुख सापकोटाले नाराबाजी बीच बैठक अगाडि बढाएका थिए । केहि समयको लागि जारि बैठकमा यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरे पनि उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।
प्रतिनिधिसभको बैठक सकिए पछि प्रत्रकारहरु सँग कुरा गर्दै एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधिसभामा लामो सयम देखि विवादित रहेको एमसिसिकोबारेमा पहिले पाँच दलिय गठबन्धको धारणा स्पष्ठ हुनु पर्ने र त्यसपछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।
आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।