थप २३२ जना संक्रमणमुक्त, ३ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १७२ पटक पढिएको
पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ५ हजार २४२ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ । त्यस्तै आज २ लाख ४७ हजार ८१४ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस