जीवन स्थगित हुनुभन्दा एउटा कार्यक्रम स्थगित गर्नु राम्रो हो : डब्ल्युएचओ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१९ पटक पढिएको

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले केहि समय आफ्ना छुट्टीका योजनाहरु स्थगित गर्न आग्रह गरेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिरहेका बेला सर्वसाधारणहरुलाई आफ्नो छुट्टी वा छुट्टीको योजना स्तगित गर्न आग्रह गरेको हो । 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्, ”जीवन स्थगित हुनुभन्दा एउटा कार्यक्रम स्थगित गर्नु राम्रो हो,”।  उनका अनुसार ”ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य” प्राप्त भएको छ।

फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो । नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक समेत गरिसकेको छ ।

सोमवार राष्ट्रपति जो बाइडनले देशलाई बन्द गर्ने कुनै योजना नबनाएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका थिए । 

त्यस्तै अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र विदेश मन्त्रालयले अमेरिकीहरूलाई स्पेन, फिनल्यान्ड र लेबननसहित आठवटा देशमा यात्रा नगर्न सुझाव दिएका बीबीसीले उल्लेख गरेको छ ।

ओमिक्रोन तीव्र गतिमा फैलन नदिन युरोपेली राष्ट्रहरूले प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने क्रम जारी राखेका छन् ।लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरू सबै स्थगित गरिसकेका छन् । त्यसैगरी आयरल्यान्डमा बार अनि रेष्टुराँ ८ बजेपछि सञ्चालन हुन नपाउने नियम लागु भैसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित