१२ लाख भन्दा बढी खोप विमानस्थलबाटै फर्क्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८४ पटक पढिएको

एशियाली विकास बैंकको सहयोगमा चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले गर्दा बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गएको बताएका छन् । उनका अनुसार त्यहाँबाट १२ लाख भन्दा बढी मात्रा खोप आउन लागेको थियो । सो खोप अब भोलिसम्ममा आइपुग्ने उनको भनाई छ ।
यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताएका छन् । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस