बेलायतमा ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२७ पटक पढिएको

 

बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार मात्रै १० हजारभन्दा बढी ओमिक्रोन संक्रमित फेला परेको त्यहाँ हाल सम्म ७ जनाको मृत्यु भएको हो । 

बेलायतको स्वास्थ्य सुरक्षा निकायले त्यहाँ ओमिक्रोन संक्रमितको संख्या झण्डै २५ हजार पुगेको जनाएको छ ।  त्यस्तै, अस्पताल भर्ना हुने ओमिक्रोन संक्रमितको संख्या ८५ पुगेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार पछिल्लो समय बेलायत ‌ओमिक्रोन र डेल्टा भेरियन्टको दोहोरो मारमा परेको छ । त्यहाँ कोभिड-१९ का दैनिक संक्रमितको संख्या फेरी लगातार बढिरहेको छ । शनिबार ९० हजार ४१८ जना नयाँ संक्रमित थपिएका छन् । 

निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टले डेल्टालाई उछिन्दै इङल्याण्ड र स्कटल्याण्डमा प्रमुख भेरियन्टको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इरानमा समेत ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेसँगै हालसम्म ९० मुलुकमा यो भेरियन्ट फैलिएको छ । 

यस अघि ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाईसकेको छ । ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित