१७ वटा औषधि पसल कारबाहीमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१३ पटक पढिएको

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा त्रुटि फेला परेपछि १७ औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको छ ।
निलम्बनमा पर्नेमा स्माइल केयर फार्मेसी, जनसेवा फार्मेसी, धुव्रतारा भेटेरीनरी सेन्टर, विराज औषधि पसल, कम्युनिटी वेलनेस सेन्टर प्रा.लि, स्याउला वास.पस, दीर्घायु मेडिको फर्मा, दीपक फार्मेसी, युजल फार्मेसी छन् ।
त्यसैगरी, राधाकृष्ण पोलिक्लिनिक प्रालि, आसिन मेडिकल हल, म्हसिका फार्मेसी, कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र, असम मेडिकल हल, सभ्यता मेडिकल हल, निर्जल फार्मेसी र सुखायु आयुर्वेदिक निलम्बनमा परेका छन् ।
विभागका अनुसार औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएकोजस्ता समस्या देखिएका छन् ।
अनुसार औषधि पसलहरु औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको विभागले जनाएको छ । अवैध रूपमा सञ्चालन भइरहेका यस्ता औषधि पसलले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको छ ।