भारतमा केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४५६ पटक पढिएको

 

भारत सरकारले केटीको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने घोषणा गरेको छ । गत बुधबार त्यहाँको केन्द्रीय मन्त्रिपरिषद्‌ले बिहेका लागि केटीको उमेर न्यूनतम उमेर १८ वर्षबाट २१ वर्ष पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको हो ।

सरकारले हिउँदे अधिवेशनमा उक्त विधेयक संसद्‌मा पेस गर्ने जानकारी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

जया जेटली नेतृत्वको कार्यदलले गठन गरेको महिला र बाल विकास मन्त्रालयले सन् २०२० मा बिहेका लागि केटीको न्यूनतम उमेर बढाउन सरकारलाई सिफारिस गरेको थियो । जसमा नीति आयोगका सदस्यहरू पनि थिए । सोही कार्यदलले बालिकाको विवाहको उमेर २१ वर्ष हुनुपर्ने सिफारिस गरेको हो ।

कार्यदलका अनुसार, केटीहरूलाई कम उमेरमा गर्भावस्थामा समस्या हुने, मातृ मृत्युदर बढ्ने सम्भावना हुन्छ । पोषणको स्तरमा पनि सुधार गर्नु आवश्यक छ । किशोरावस्थामा केटीले निर्णय लिन नसक्ने, कम उमेरमा विवाहको असर केटीहरूको पढाइमा पनि असर पर्ने सक्ने भएकाले सो नियम आवश्यक छ । 

विधेयक अनुमोदन भए सँगै त्यहाँको कम्युनिष्ट र मुस्लिमले यसको चर्काे विरोध गरेका छन् । अल इण्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमका अध्यक्ष तथा लोकसभा सांसद असदुद्दीन ओवैसीले उक्त निर्णय आएसँगै मोदी टोले काका भएको अभिव्यक्ति दिएका छन्  । उनले भने‚ ‘हामी के खान्छौं, कोसँग कहिले विवाह गर्छौं। उनी त्यसको ठेक्का लिन खोज्छन्।’

ओवैसीले सरकारलाई पितृसत्तात्मकको संज्ञा पनि दिएका छन् । उनले भने, ”१८ वर्षका पुरुष र महिलाले व्यवसाय सुरु गर्न, प्रधानमन्त्री छान्न, सांसद र विधायक छान्न सक्छन् तर विवाह गर्न सक्दैनन्? आफ्नो जीवन साथी छनोट गर्न सक्नुहुन्न? उनले पुरुष र महिला दुबैले १८ वर्षको उमेरमा विवाह गर्न पाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी कम्युनिष्ट पार्टी माकपाको युवा संगठन डेमोक्रेटिक युथ फेडरेशन अफ इण्डियाले उक्त निर्णयको निन्दा गरेको छ। उसले मोदी सरकारले व्यक्तिगत स्वतन्त्रता कटौती गर्न खोजेको बताएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित