आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप दिइने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२९ पटक पढिएको

 

सरकारले आज पुस ४ गतेदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिन शुरु गरिएको छ ।  भएको छ । आइतबारदेखि देशका ५७ जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १२ देखि १७  वर्षसम्मका करिब १८ लाख बालबालिकालाई लक्षित गरी कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको हो । पुस ४ गतेदेखि सुरु हुने खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का ११ जिल्ला, प्रदेश २ का ५ जिल्ला, बाग्मती प्रदेशका ७ जिल्ला, गण्डकी प्रदेशका ९ जिल्ला, लुम्बिनी प्रदेशका ९ जिल्ला, कर्णली प्रदेशका ९ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा खोप अभियानका सञ्चालन हुँदै छ ।

हालसम्म नेपालमा ३६ लाख ५१ हजार २ सय मोर्डना खोप आइसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित