वैदेशिक रोजगारीको लागि भिजिट भिसामा नजान आग्रह

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७८ पटक पढिएको

 

सरोकारवालाहरूले वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान आग्रह गरेका छन् । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसा समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले शनिबार यस्तो आग्रह गरेका हुन् ।

पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढे सँगै विभिन्न मुलुकमा पुगेर अलपत्र परिरहेको वासी नेपाली समन्वय समितिले जनाएको छ । विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको समितिको ठम्याई छ ।  

यसरी विदेश जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताएका छन् । 

कार्यक्रममा श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतमा पनि रहेको बताएका छन् । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धित सरोकारवाला जानकार भए पनि कडाइ गर्न नसकिएको उनको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित