काठमाण्डू उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२८ पटक पढिएको

शनिबार काठमाण्डू उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार न्युनतम तापक्रम ३.४ डिग्री रहेकोमा शनिबार बिहानको तापक्रम ३ डिग्री मापन भएको हो ।
काठमाण्डूसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ । शनिबार सबैभन्दा चिसो जुम्लामा महशुस गरिएको छ । आज त्यहाँको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले देशभर अझै चिसो बढ्ने भएकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।