एकै दिन सात लाखभन्दा बढीमा कोरोना संक्रमण

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३८८ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा विश्वमा सात लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिका, बेलायत, फ्रान्स लगायतका देशमा कोरोना संक्रमण अत्याधिक बढिरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।  

तथ्यांकहरु अनुसार अमेरिकामा एकै दिन १ लाख ४८ हजारभन्दा बढी‚ बेलायतमा ९३ हजार, फ्रान्समा ५८ हजार, जर्मनीमा ४८ हजार ३००, स्पेनमा ३३ हजार ३०० र इटलीमा २८ हजार ६०० भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा विश्वभर झण्डै सात हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा १ हजार ४००, रसियामा १ हजार ८०, पोल्याण्डमा ५६६, जर्मनीमा ४५२, युक्रेनमा ३२८, भियतनाममा २४६ तथा टर्कीमा १९० जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाबाट हालसम्म ५३ लाख ६० हजार मानिसको मृत्यु भएको छ । अहिले २ करोड २७ लाख सक्रिय संक्रमित छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित