आइतबार सार्वजनिक बिदा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७९ पटक पढिएको
सरकारले काठमाण्डू उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ । उधौली पर्व, यमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि र उपत्यकामा सार्वजनिक बिदा दिने मन्त्रिस्तरीय निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले शुक्रबार जारि गरेको सूचनामा ”काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०९/०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस