ओमिक्रोन निकै तिब्र गतिमा फैलिरहेको छ : डब्ल्यूएचओ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४६६ पटक पढिएको

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन निकै तिब्र गतिमा फैलिरहेको जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोमले ओमिक्रोन ७७ देशमा पुष्टि भइसकेको जनाउँदै यो निकै तिब्र गतिमा फैलिरहेको जनाएका हुन् । 

एड्हानोमले सङ्क्रमणसँग जुझ्न र आफ्ना स्वास्थ्य प्रणालीलाई बचाउन देशहरूलाई तिब्र गतिमा काम गर्न आग्रह पनि गरेका छन् । पत्रकार सम्मेलन मार्फत उनले ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा फैलिरहेको जानकारी दिएका छन् । 

गत सोमबार मात्र ओमिक्रोनको संक्रमणबाट बेलायतमा एक जनाको मृत्यु भएको थियो । यस अघि ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन कोभिडविरुद्धका खोपहरू सक्षम भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाईसकेको छ । ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ । 

दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको भेरियन्ट हाल विश्वका धेरै देश हरुमा फैलिसकेको छ । नेपालमा भेटिएको २ जना संक्रमित भने संक्रमणमुक्त भइसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित