अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा आज देखि खुल्ने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०९ पटक पढिएको

 

अष्ट्रेलियाले आज देखि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउन लगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला अष्ट्रेलियाले सीमा खोल्न लागको हो ।

त्यहाँको सरकारले सीमा नीतिमा कुनै परिवर्तन नहुने बताउँदै सीमा नाका खुला गर्ने जनाएको छ । गत साता आगामी फेब्रअरीसम्म पुनः प्रतिवन्ध लगाउन सकिनेबारे छलफल भए पनि प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्वास्थ्य नियमन पूरा गरेर अष्ट्रेलिया आउनसक्ने जानकारी दिएका थिए ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले पनि सुरक्षा सतर्कता अपनाएर कोभिड विरुद्ध डटेर लड्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यम हरुले जनाएका छन् । समुदायमा व्याप्त रहेको शंका कम राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको उनले बताएका छन् । 

ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै अष्ट्रेलिया सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको थियो । त्यहाँ यस अघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय भईसकेको थियो । तर ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशहरुमा फैलिन थालेकोले दुई साता प्रतिबन्ध थप गरेको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित