काँग्रेस सभापतिमा फेरी देउवा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९१ पटक पढिएको

 

काठमाडौँमा जारी नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा फेरी शेर बहादुर देउवा निर्वाचित भएका छन् । प्रतिस्पर्धी डा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा आगामी पाँच वर्षका लागि सभापति भएका हुन् ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले २७३३  मत र कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । समितिले सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४५६३ मत खसेकाे जनाएको छ । प्राप्त मतहरु मध्ये ३५ मत भने बदर भएको छ । 

मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान राति साढे ९ बजे सकिएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान गर्नु परेको थियो । काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५१ प्रतिशत मत ल्याउनुपर्छ ।

सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएपनि बहुमत भने पुगेको थिएन ।

महाधिवेशनको मतदानमा पहिलो चरणबाट बाहिरिएपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको लागि देउवालाई समर्थन गरेका थिए । उनीहरुले समर्थनको घोषणा गरे पछिनै दोस्रो चरणमा सभापतिका लागि देउवाको जित निश्चित भएको थियो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित