बलात्कारको गुनासोपछि अलिबाबाले बर्खास्त गर्यो महिला कर्मचारी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३१४ पटक पढिएको

 

चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले यौन दुर्व्यवहारकाे गुनाासो गर्ने एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निस्काशन गरिएकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 

कम्पनीका एक सहकर्मी र क्लाइन्टले आफूमाथि यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाउँदै आएकी थिइन् ।  कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । आफूमाथि  दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् ।

समाचार अनुसार आरोपपछि सहकर्मीलाई पनि पदमुक्त गरियो र उनीमाथिको अपराधिक मुद्दा पनि स्थगित गरिएको बताईएको छ । उनलाई गत महिना पदमुक्त गरिएको र त्यसको पुष्टि कम्पनीका मालिकले गरेको चीनकाे दाहे दैनिकले जनाएको छ । उनलाई निस्काशन गर्दा थमाईको पत्रसमेत सो पत्रिकाले प्रकाशन गरेको छ । ‘घटनाले समाजमा गम्भीर चासो बढेको र कम्पनीको ख्याती घटाएको छ,’ पत्रमा भनिएको छ । 

अर्का आरोपित क्लाईन्टलाई भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । तर, महिलाले आफ्नो तर्फबाट कुनै गल्ती नभएको दाबी गरेकी छिन् । ‘मैले कुनै पनि गल्ती गरेकी छैन् । ममाथि कम्पनीले गरेको व्यवहार मेरा लागि स्वीकार्य छैन ।,’ महिलाले भनेकी छिन् । आगामी दिनमा कम्पनीविरुद्ध कानुनी कदम चाल्ने पनि ती महिलाले बताएकी छिन् । 

महिलाले लगाएको आरोपलाई समेत साे दैनिकले प्रकाशित गरेको छ, जसभित्र आफूमाथि दुर्व्यवहार भएको घटना उल्लेख गरेकी छिन् । ‘पियक्कड रात’ पछि आफू अचेत भएको र होटलको एउटा कोठामा सहकर्मीले बलत्कार गरेको उनले बताएकी छिन् । बलात्कार गर्ने व्यक्ति कम्पनीको माथिल्लो पदमा काम गर्ने उनले बताएकी छिन् । 

चौतर्फी प्रचार गरिएको यस घटनाले चीनमा कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाका घटना उजागर गरेको बीबीसीले उल्लेख गरेको छ । यो मुद्दाले सामाजिक संजालमा मत विभाजन गरिरहेको छ । यसबाट चीनमा पनि #मी टू अभियान जस्तै बहस हुने सम्भावना रहेको बताईएको छ । तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित