विश्वका आधा अर्बभन्दा बढी मानिसहरू चरम गरिबीमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११० पटक पढिएको

 

कोभिड १९ महामारीका कारण विश्वभर गरिबी बढेको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्व बैंकले संयुक्त रुपमा गरेको एउटा अनुसन्धानमा महामारीका कारण विश्वको आधा अर्ब जनसंख्या चरम गरिबीमा परेको देखिएको हो ।

कोभिडले पारेको असरबारे विभिन्न संस्थाले विभिन्न अनुसन्धान गर्दै आएका भए पनि उक्त एक अनुसन्धानले भने डरलाग्दो भविष्यवाणी गरेको  विज्ञहरुले अनुमान गरेका छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार विभिन्न देशहरूले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने भएकोले विश्वको ठूलो जनसंख्या गरिबीमा धकेलिने अध्ययनले निस्कर्ष निकालेको छ   ।

स्वास्थ्य सेवाको खर्च आफ्नै खल्तीबाट तिर्नुपर्ने भएकाले आधा अर्बभन्दा बढी मानिस चरम गरिबीमा धकेलिएको अध्ययनमा उल्लेख गरेएको छ । विश्वव्यापी स्वास्थ्य कभरेज दिवसको अवसरमा सुरु गरिएको दुई पूरक प्रतिवेदनमा स्वास्थ्य सेवा प्राप्त गर्ने र यसको लागि भुक्तानी गर्ने मानिसहरूको क्षमतालाई महामारीको मुख्य विषय मानिएको छ । 

महामारीले सन् १९३० पछि पहिलो पटक विश्वव्यापी आर्थिक संकट निम्त्याएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार महामारीले विश्वव्यापी स्वास्थ्य पहुँचमा पनि गम्भीर असर गरेको छ । सन् २०२० मा पूर्ण रुपमा स्वास्थ्य सेवामा अवरोध गरेको रिपोर्टमा औंल्याइएको छ । 

जसका कारण पहिलो पटक संसारमा खोप पहुँचमा पनि ह्वात्तै गिरावट आएको छ । गत वर्ष क्षयरोग र मलेरियाबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको थियो । प्रतिवेदनले स्वास्थ्य प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित