अमेरिकामा कोभिडको कारण मृत्यु हुनेको संख्या ८ लाख पुग्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२६ पटक पढिएको

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार सम्ममा भाइरसका कारण मृत्यु हुनेको संख्या ८ लाख पुगेको हो । 

कोरोना विरुद्दको भ्याक्सिनहरू व्यापक रूपमा भए पनि त्यहाँ धेरै मानिसको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । भाइरसबाट मृत्यु हुनेको उक्त संख्या भनेको त्यहाँको राज्य नर्थ डकोटाको सम्पूर्ण जनसंख्या भन्दा बढी हो । 

यस वर्ष कोभिडको कारण मृत्युहुनेहरु अधिकांश खोप नपाएका बिरामीहरू रहेको जनाईएको छ । रोयटर्सको विश्लेषण अनुसार अमेरिकाको मृत्यु ६ लाख बाट ७ लाखमा पुग्न १११ दिन लागेको थियो भने त्यस पछि ८ लाख पुग्न मात्र ७३ दिन लागेको थियो । अमेरिकाको मृत्यु दर छिमेकी क्यानडा भन्दा ३ गुणा बढी र जापान भन्दा ११ गुणा बढी रहेको जनाईएको छ । 

त्यसैगरी अन्य देशहरूमा भने विगत ११ महिनामा  धेरै कमले ज्यान गुमाएका छन् । एक प्रतिवेदन अनुसार लगभग ६० प्रतिशत अमेरिकी नागरिकहरुले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् ।  तस्बीर : द गार्डीयन 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित