टर्कीमा अवैध अंगप्रत्यारोपण वृद्दि
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६७३ पटक पढिएको

टर्कीमा अवैधरुपमा अंग प्रत्यारोपण वृद्धि भएको पाईएको छ । राजधानी इस्तानबुलमा रहेका जोर्डान र प्यालेस्टेनी तस्कर सञ्जालहरुले विभिन्न मुलुकबाट मानव तस्कर गरि टर्कीमा व्यापार गर्ने गरेको पाईएको हो ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँका विभिन्न अस्पतालहरुमा तस्करहरुले ल्याएका १० मानिसमध्ये ४ जनाको अवैधरुपमा अंगप्रत्यंग प्रत्यारोपण हुने गरेको छ ।
तस्करहरुको गिरोहले नक्कली प्रमाणपत्र बनाउने र अस्पताल पठाउने गरेको एउटा केसबापत करिब ५० हजार डलर असुल्ने गरेको अरब न्युजले उल्लेख गरेको छ । टर्कीका चिकित्सकहरूले बिरामी र अंग दातामा मेल भएको नपाईए पछि आप्रवासी तस्करी विरुद्ध लड्ने प्रहरी विभागलाई रिपोर्ट गरेको थियो ।
त्यस पछि टर्की प्रहरीले अस्पतालको छानबिन गरी अवैध अंग प्रत्यारोपण भइरहेको अस्पताल नजिकैका होटलहरुको अनुगमन गरेर गिरोहहरुलाई पक्राउ गरेको समाचारमा उल्लेख छ । अधिकारीहरूले प्यालेस्टिनी वाणिज्य दूतावासमा पक्राउ परेका मानिसहरूलाई नाताका कागजातहरू उपलब्ध गराउन भन्दा सबै नक्कली कागजात फेला पारेको बताईएको छ।
टर्कीमा मानव अंग बेच्न र किन्न अवैध छ । कुनै व्यक्तिको कानुनी स्वीकृति बिना अर्काको अंग हटाउने र अंग किन्ने वा बेच्ने वा त्यस्ता गतिविधिमा मध्यस्थकर्ताको रूपमा काम गर्ने व्यक्तिलाई पाँच देखि नौ वर्षसम्म जेल सजाय हुन्छ । तस्बिर : डिडब्ल्यु