चिनियाँ अदालतद्वारा तिब्बती लेखकलाई १० वर्षको जेल सजाय

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२३ पटक पढिएको

 

चिनियाँ अदालतले तिब्बती लेखक गो शेराब ग्यात्सोलाई १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्दामा १० वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार उनलाई कुन अभियोगमा दोषी ठहर गरिएको हो भन्ने बारे कुनै विवरण प्राप्त भएको छैन । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ ।

उनलाई सन् २०२० अक्टोबर २६ मा पनि चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए । सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । 

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । उनि निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार मानिने लेखकको रुपमा परिचित छन् । ग्यात्सो सन् १९९८ मा दलाई लामाको तस्विर राखेको कारण पनि चार वर्ष नजरबन्दमा परेका थिए । त्यस्तै तिब्बतमा व्यापक अशान्तिको अवधिमा उनलाई २००८ मा एक वर्षको लागि हिरासतमा पनि राखिएको पनि बताईएको छ । तस्बिर :रेडियो फ्रि एसिया

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित