साताको पहिलो दिन ८८.७० अंकले घट्यो नेप्से
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२० पटक पढिएको
राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाको असर शेयरबजारमा देखिँदा आज साताको पहिलो दिन पनि नेप्से परिसुचक घटेको छ । आइतवार नेप्से परिसुचक ८८.७० अंकले घटेर २३६१.२७ अंकमा पुगेको छ ।

आज ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भए पनि अधिकांश कम्पनीको शेयरमा मागभन्दा आपूर्ति बढी भएको थियो । नेप्सेमा ४९,७१० पटक कारोबार हुँदा ७२,२३,२४० कित्ता शेयर कारोबार भएको थियो ।
शेयर धितोकर्जामा केही खुकुलो नीति आउने आशामा बसेका लगानीकर्ताहरुले सोअनुरुप नीति नआउँदा बजार अझै घट्ने अनुमान गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस