काँग्रेसको १४ औँ महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०६ पटक पढिएको
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी नाम फिर्ता लिने क्रम समाप्त भए सँगै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
सभापति, उपसभापति र महामन्त्रीहरुको अन्तिम नामावली :
केन्द्रिय सभापति
कल्याण कुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शेखर प्रसाद कोइराला, शेर बहादुर देउवा
केन्द्रिय उपसभापति
डा.चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्ण बहादुर खड्का, महेश आचार्य, विजय कुमार गच्छादार, सुजाता कोइराला
केन्द्रिय महामन्त्री
गगन कुमार थापा, डा. प्रकाश शरण महत, प्रदिप पौडेल, डा मिनेन्द्र रिजाल, डा. राजाराम कार्की, विश्व प्रकाश शर्मा
त्यसैगरी आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साढे १२ बजेसम्म काँग्रेस पदापधिकारीसहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपाने सहित ५४ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । महाधिवेशनमा शनिबार ६ जना सभापतिसहित ३९ जना पदाधिकारीले र ४९९ जनाले केन्द्रीय सदस्यले उम्मेदवारी दिएका थिए ।
मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने कार्यक्रम रहेको छ ।