केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३९२ पटक पढिएको
अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले शुक्रबार राति आएको टोरनाडो आँधीले ठूलो जनधनको क्षति पुर्याए पछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् ।
राष्ट्रपतिको उक्त आदेशले स्थानीयहरुमा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपत्कालीन व्यवस्थापन निकाय लाई अधिकार प्रत्यायोजन गरेको छ ।
शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तीमा ७० जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने छ । समाचार संस्था रोयटर्सले पनि आँधीबेहरीका कारण कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरेको छ ।
यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि प्रभावित भएका छन् ।