बंगलादेशमा पनि भेटियो ओमिक्रोन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११६ पटक पढिएको

 

बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । शनिबार त्यहाँको स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार दुई जनामा ओमिक्रोन सङ्क्रमण पाइएको बताएका हुन् । 

उनका अनुसार त्यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको हो । दुई जना खेलाडीनै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो । 

यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोभिड-१९ को ओमिक्रोन भेरियन्ट हालसम्म करिब ६० मुलुकमा पुष्टि भइसकेका छन् । पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्टको नेपालमा पनि हालसम्म २ जनामा पुष्टि भएको थियो तर उनीहरु संक्रमणमुक्त भैसकेका छन् । 

ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन । ओमिक्रोनलाई हालसम्म फेला परेका कोभिडका प्रकार मध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरियन्ट मानिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित