देशभर चिसो बढ्यो : यस वर्ष बढी जाडो हुने मौसम पूर्वानुमान
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२८ पटक पढिएको
अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुनेभएको छ । हावापानी विश्लेषण शाखाले यस वर्ष बढी जाडो हुने जनाएको हो । आइतबार विहान मात्र जुम्लामा न्युनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाण्डू उपत्यकामा ५.४ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।
काठमाण्डू उपत्यकामा आज यस वर्षकै चिसो महशुस गरिएको छ । यसरी हेर्दा छोटो समयमा चार डिग्री सेल्सियससम्म न्युनतम तापक्रम हुनुले यस वर्ष अघिल्लो वर्षभन्दा बढी चिसो हुने शाखाले पूर्वानुमान गरेको छ ।
शाखाका अनुसार मङ्सिर १५ गतेदेखि फागुन १६ गते सम्मलाई हिउँद अवधि मान्ने गरिन्छ । यस वर्षको हिउँद अवधिमा प्रदेश नं १ र अन्य प्रदेशका तराईका जिल्लाहरु बाहेकका अधिकांश भू–भागहरुमा अधिकतम् तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ४५ प्रतिशत रहेको छ ।
बागमती प्रदेशका काठमाण्डू, ललितपुर, भक्तपुर र आसपासका जिल्ला, गण्डकी प्रदेशको पर्वत, कास्की र म्याग्दी जिल्लाका धेरैजसो भू–भाग र सुदुरपश्चिम प्रदेशको डडेलधुरा, बैतडी, डोटी र अछाममा तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशत रहेको शाखाले जनाएको छ ।
त्यस्तै प्रदेश नंम्बर दुई, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरु र लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाहरुका धेरैजसो भू–भागहरुमा अधिकतम् तापक्रम बृद्धि हुने सम्भावना ४५ प्रतिशत रहेको छ ।