अमेरिकामा आँधीका कारण ५० जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०७ पटक पढिएको

 

अमेरिकाको केन्टकी राज्यमा विनाशकारी आँधीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ । गर्भनर एन्डी बेशियरले स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधी अहिलेसम्मकै डरलाग्दो रहेको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । 

उनले केन्टकीमा आपतकालिन अवस्थाको घोषणा गर्दै आँधीको कारण मृत्यु हुनेको आँकडा १०० सम्म पुग्न सक्ने बताएका छन् । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँको विभिन्न गोदामहरुमा कामदारहरु फसेका छन् । गर्भनर बेशियरले मेफिल्डमा रहेको मैनबत्ति कारखानमा एक सयभन्दा बढी कामदारहरु फसेका जनाएका छन् ।उनीहरुको तत्काल उद्धार नगरे धेरै मानिसको ज्यान जानसक्ने समेत समाचारमा उल्लेख छ ।

बीबीसीका अनुसार त्यहाँको प्रहरीले आँधीको कारण राज्यको पश्चिमी भागहरूमा धेरै क्षति पुगेको बताएका छन् । हप्किन्स काउन्टीमा चरम हावा चलिरहेको बेला एउटा रेल पटरीबाट खसेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

आँधीले गर्दा दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम पुरै क्षतिग्रस्त भएको बताईएको छ । त्यसको छत भत्किँदा कति मानिस घाइते भएका छन् भन्ने अझै स्पष्ट नभए पनि स्थानीय आपतकालीन सेवाहरूले यसलाई फेसबुकमार्फत "मास हताहतको घटना" भनेका छन् । तस्बिर : गेट्टी इमेज 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित