काँग्रेसको १४ औँ महाधिवेशन : सभापतिमा ६ जनाको उम्मेदवारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०१ पटक पढिएको

 

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ६ जनाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । शनिबार सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । 

सभापति पदमा प्रधानमन्त्रि देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । सभापति उम्मेदवारमध्ये गुरुङ्ग र न्यौपानेले एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका हुन् । 

त्यसैगरी उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

महामन्त्रीमा भने डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् । महत र पौडेल सभापति देउवा, रिजाल र थापा कोइराला, शर्मा प्रकाशमान सिंह र कार्कीले निधि प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

सहमहामन्त्रीमा देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन् । ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको हो । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुने बताईएको छ । 

शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसका पदाधिकारीमा उम्मेदवारीका लागि निर्धारण गरिएको शुल्क अनुसार सभापति पदका उम्मेदवारका लागि ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क राखिएको थियो । त्यस्तै उपसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ, सहमहामन्त्री पदका उम्मेदवारका लागि २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क राखिएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित