देशभर संक्रमणमुक्त दर ९७ .९ % पुग्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२२ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ५ हजार ८८३ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.९ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ । त्यस्तै आज २ लाख ६६ हजार ९८८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस