बुर्किना फासोमा बन्दुकधारीहरूको गोलि लागि १४ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५२ पटक पढिएको

 

उत्तरी बुर्किना फासोमा अज्ञात बन्दुकधारीहरूले सरकारी समर्थन प्राप्त नागरिक मिलिसियाका कम्तीमा १४ सदस्यको हत्या गरेका छन् । 

राष्ट्रपति रोच मार्क काबोरले वर्षौंदेखि जारी सुरक्षा संकटलाई सम्बोधन गरेकोमा बढ्दो आलोचनाको सामना गरिरहँदा उक्त घटना घटेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बिहीबार जारि गरेको एक विज्ञप्ति मार्फत, सरकारले बन्दुकधारीहरूले टिटाओ सहरबाट करिब १० किलोमिटर (६.२ माईल) टाढा रहेको मिलिसियालाई आक्रमण गरेको बताएको छ । 

अल्जजिराका अनुसार मृत्यु भएका १४ जना त्यहाँको होमल्याण्ड डिफेन्स स्वयंसेवकका सदस्य थिए । जसले छिमेकी देश नाइजर र मालीमा पनि सक्रिय रहेका अल-कायदा र आईएसआईएल सँग सम्बन्धित सशस्त्र समूहहरूलाई नियन्त्रण गर्न सरकारबाट कोष र तालिम प्राप्त गरिरहेका थिए । 

उक्त घटनाको तत्काल कसैले पनि जिम्मेवारी नलिएको बताईएको छ । विपक्षी र नागरिक समाजले बारम्बार सुरक्षा संकटमा सरकारको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित